Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संसद् सञ्चालन शैलीप्रति रिमा विश्वकर्माको असन्तुष्टि, ‘संसद्लाई विधेयक म्याराथनको थलो नबनाइयोस्’

संसद् सञ्चालन शैलीप्रति रिमा विश्वकर्माको असन्तुष्टि, ‘संसद्लाई विधेयक म्याराथनको थलो नबनाइयोस्’

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले संसद्को कामकारबाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले केही दिनयता संसद् ‘अटोमेटेड’ भर्सनमा सञ्चालन भइरहेको भन्दै हतारमा विधेयकहरू पारित गर्ने प्रवृत्तिप्रति प्रश्न उठाएकी हुन्।

    images

    एकै दिनमा तीनदेखि चार वटा विधेयक पेस गर्ने, छलफल गर्ने र ७२ घण्टाभित्र संशोधन हाल्नुपर्ने बाध्यात्मक अवस्थाले कानुन निर्माणको गुणस्तर खस्किएको उनको दाबी छ। विशेष गरी मातृत्व, गर्भपतन र प्रजनन स्वास्थ्यजस्ता महिलाको अधिकार तथा स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विधेयकहरूलाई एउटै ‘बास्केट’मा राखेर हतारमा पारित गरिएको भन्दै उनले चिन्ता प्रकट गरिन्।

    संसद्मा बोल्दै सांसद विश्वकर्माले भनिन्, ‘हामीले कानुन निर्माणको यो पूर्वाधारमै पर्याप्त समय नलगाउने हो भने जनतालाई कसरी कानुनको गुणस्तर सुनिश्चित गराउने? कानुन बनाउँदा त्यसको दूरगामी प्रभाव र जगको मूल्याङ्कन हुनुपर्छ, संसद्लाई ‘विधेयक म्याराथन’ को थलो बनाउनु हुँदैन।’

    सभामुखमार्फत सरकार र सदनको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले हतारमा कानुन निर्माण गर्दा गलत नजिर बस्ने र जनताप्रति जबाफदेही हुन नसकिने चेतावनी दिएकी छन्। संसद्मा विधेयकहरूमाथि पर्याप्त छलफल नहुँदा त्यसले समाज र राष्ट्रमा पार्ने असरबारे व्यापक बहस हुनुपर्ने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार