Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना

मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा जारी अधिवेशनमा झडप भएको छ। पूर्व प्रदेश सांसदसमेत रहेका नेता चुम नारायण तबदार, जेनजी समुन्द्र पोखरेल र चेतराज रेग्मीमाथि साङ्घातिक हमला भएको छ । घाइतेको उपचार नोबेल मेडिकल हस्पिटलमा भइरहेको छ।

    क्षेत्रीय सभापति देबु तामाङको योजनामा आक्रमण भएको केन्द्रीय उप महामन्त्री डा. डिला संग्रौलले बताइन्। तामाङलाई पार्टीबाट निलम्बन गर्नपर्ने संग्रौलाको माग छ । उता तामाङले भने संग्रौलाकै कारण झडप भएको दाबी गरेका छन्।

    images

    ‘सम्मेलनका लागि मनोनयन दर्ताको समय थियो तर त्यसअघि नै झडप भयो’, उनले भने, ‘केही साथीहरूको जिम्मेवारी खोसेर अर्कैलाई दिइएको थियो मौखिक रूपमा । तर कार्यक्रम सुरु हुनै लाग्दा तोडफोड भयो’, तामाङको भनाइ छ।

    उनले डिला संग्रौलाले अशोक रिजाललाई प्रदेश सभापतिको उम्मेदवार बनाएको र मात्रिका चापागाईं उठाउँछु भनेर झगडा लगाएको आफूले थाहा पाएको र त्यही बहानामा झडप भएको बताए । प्रत्येक ठाउँमा गुटका नाममा झगडा भइरहेको तामाङको भनाइ छ।

    उता नेतृ संग्रौलाले भने ६ नम्बर क्षेत्रको क्षेत्रीय अधिवेशनका क्रममा आफू प्रमुख अतिथि रहेको बताइन् । उनले सभापतिको निर्देशनमा फलाम प्रहार गरेर आक्रमण गरेको बताइन्।

    उनले चेतराज रेग्मी, सौरभ पोखरेलसहित ३ जना घाइते भएको जानकारी दिइन् । ‘दर्जनाैँ घाइते भएका छन् तीन जनाको उपचार भइरहेको छ’, संग्रौलाको भनाइ छ । संग्रौलाले क्षेत्रीय सभापति देबु तामाङलाई कारबाही गर्न माग गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार