Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बाढीले क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत तीव्र : सञ्चारमन्त्री तिमिल्सिना

बाढीले क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत तीव्र : सञ्चारमन्त्री तिमिल्सिना

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको बताएका छन्।

    बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको जानकारी दिएका हुन्।

    images

    बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई प्राथमिकताका साथ पुनःस्थापना गरिएको उनले स्पष्ट पारे। उनका अनुसार भोटेकोशी बाढीबाट नेपाल टेलिकमका तीन वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए, जसमध्ये बाँकी साइटहरूमा वैकल्पिक टावरको व्यवस्था गरी सञ्चार सेवा अवरुद्ध हुन दिइएको छैन। हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरेर रसुवागढी क्षेत्रमा सोलार प्रणालीसहितको टावर सञ्चालनमा ल्याइएको उनले बताए।

    पछिल्लो बाढीले गण्डकी प्रदेशका ११ जिल्लामा गरी कुल २९१ वटा साइटमा क्षति पुर्‍याएकोमा हालसम्म २४६ वटा साइट सञ्चालनमा आइसकेका छन्। बाँकी ४५ वटा साइटमा विद्युत आपूर्ति सुचारु हुनेबित्तिकै सेवा सञ्चालनमा आउने मन्त्री तिमिल्सिनाको भनाइ छ। यसका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली र जेनेरेटर परिचालन गरिएको उनले उल्लेख गरे।

    प्रतिनिधि सभामा बोल्दै मन्त्री तिमिल्सिनाले भने, ‘दूरसञ्चारसँगै फाइबर नेटवर्क र ब्याकबोन ट्रान्समिसनमा पुगेको क्षतिलाई पनि क्रमशः मर्मत गरिरहेका छौँ। कतिपय स्थानमा फाइबर काटिँदा वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधिमार्फत सेवा प्रदान गरिएको छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार