Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वार्षिक सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको लाइसेन्स नवीकरण गर्दै सरकार

वार्षिक सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको लाइसेन्स नवीकरण गर्दै सरकार

आइतवार, भाद्र २ २०८१
  • काठमाडौँ । सरकारले लगातार दुई आर्थिक वर्षमा पनि १०० जनालाई वैदेशिक रोजगारीमा पठाउन नसकेका संस्था (म्यानपावर) को लाइसेन्स नवीकरण गरिदिने भएको छ।

    मन्त्रिपरिषदको बिहीबार (साउन ३१ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीहरुको लाइसेन्स नवीकरण गरिदिने निर्णय गरेको हो।

    images

    आर्थिक वर्ष २०८१/८२ का लागि अन्तिम एकपटकका लागि लाइसेन्स नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय सरकारले गरेको छ।

    यसअघि लगातार दुई आर्थिक वर्षमा वार्षिक १०० जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको लाइसेन्स रद्द गर्ने व्यवस्था रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार