Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न हुँदैन : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न हुँदैन : सभामुख अर्याल

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताएका छन्।

    आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो हुने धारणा राखे।

    images

    उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सीपयुक्त, उत्पादनशील र रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

    आन्तरिक श्रमबजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो। कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति थियो। युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी सार्क संवाद’ विषयमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ।

    मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ। आज दिउँसो १२ः०० बजेदेखि ५ः०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थी समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ तथा रोजगारदाता र तालिम प्रदायकसम्बन्धी सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ।

    असोज १५ देखि १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफल निरन्तर सञ्चालन हुनेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार