Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संसद्‌मा नोटबन्दीको बहस : रास्वपा सांसद न्यौपानेको माग, नेकपाका प्रमुख सचेतक दुलालको प्रश्न

संसद्‌मा नोटबन्दीको बहस : रास्वपा सांसद न्यौपानेको माग, नेकपाका प्रमुख सचेतक दुलालको प्रश्न

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा हजार र पाँच सय रुपैयाँको नोट नोटबन्दी गर्ने विषयले प्रवेश पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले मुलुकमा थुप्रिएको कालो धन नियन्त्रण गर्न नोटबन्दीको माग गरेपछि सदनमा यस विषयले चर्चा पाएको हो।

    सांसद न्यौपानेले विगत ३५ वर्षसम्म सत्तामा रहेकाहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी कालो धन थुपारेको आरोप लगाए । कालो धनकै कारण देशको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनले हजार र पाँच सय रुपैयाँका नोट तत्काल बन्द गर्नुपर्ने माग राखे।

    images

    न्यौपानेको उक्त मागको जवाफ दिँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले नोटबन्दी गर्ने सरकारको कुनै पनि कदममा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताए । तर, उनले रास्वपा र सत्तापक्षप्रति कटाक्ष गर्दै सरकारको इच्छाशक्तिमाथि प्रश्न उठाए।

    प्रमुख सचेतक दुलालले भने, ‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ ? सहज बहुमतको सरकारसँग नोटबन्दी गर्न सक्ने पर्याप्त अधिकार र तागत छ, तैपनि सरकार किन पछाडि हटिरहेको छ?’

    बहुमतको सरकारले ठोस निर्णय लिन सके मात्र देशको कालो धन बाहिर आउने र अर्थतन्त्रमा सुधार आउने भन्दै दुलालले सरकारलाई तत्काल निर्णय प्रक्रियामा जान आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार