Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रमुख प्रतिपक्षी कांग्रेसले माग्यो पूर्व प्रधानन्यायाधीश राणाको पक्राउबारे कानुनी आधार

प्रमुख प्रतिपक्षी कांग्रेसले माग्यो पूर्व प्रधानन्यायाधीश राणाको पक्राउबारे कानुनी आधार

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नेुपर्ने कानुनी आधार सरकारसँग माग गरेको छ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा कांग्रेस सांसद नीनुकुमारी कर्णले पूर्व प्रधानन्यायाधीश जबरालाई असोज १० गते मध्यरातमा सुरक्षा चुनौती देखाउँदै नियन्त्रणमा लिइएको घटनाले कानुनी राज्यको अवधारणामाथि गम्भीर प्रश्न उठाएको बताइन्।

    images

    सांसद कर्णले प्रश्न गरिन्, ‘सुरक्षा चुनौती भएकै हो भने राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रतामाथि नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्दछ।’

    प्रहरी नियन्त्रणमा रहेका पूर्व प्रधानन्यायाधीश जबरासँग भेट गर्न राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत अनुमति नदिइएको विषयमा आपत्ति जनाउँदै उनले यो कार्यले लोकतन्त्रको उपहास गरेको आरोप लगाइन्।

    नेपाल बार एशोसिएसनले समेत यस विषयमा ध्यानाकर्षण गराएको भन्दै उनले यस्तो संवेदनशील विषयमा सरकारको आधिकारिक धारणा माग गरिन्।

    कसैको विगतको पद, राजनीतिक धारणा वा सार्वजनिक छविप्रति असहमत हुन पाइए पनि संविधानले प्रदान गरेको अधिकारको प्रयोग गर्दा व्यक्ति हेरेर विभेद गर्न नहुने उनको भनाइ छ। ‘देश कुनै व्यक्ति विशेषको हुकुम वा सनकमा होइन, विधि र पद्धतिअनुसार चल्नुपर्छ,’ उनले भनिन्।

    सांसद कर्णले कसैले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट अघि बढ्न सकिने भए पनि राज्य संयन्त्रको दुरुपयोग गरेर नियन्त्रणमा लिने कार्य स्वीकार्य नहुने स्पष्ट पारिन्। उनले सरकारसँग पूर्व प्रधानन्यायाधीशलाई नियन्त्रणमा लिने कानुनी आधार के हो ?, सुरक्षा चुनौतीको सूचना र त्यसको औचित्य के हो ? मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट गर्नबाट किन रोकियो ? त्यो प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार