काठमाडौं । म्याग्दी,बागलुङ,पर्वतलगायतका जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। त्यसका लागि स्थानीय जनप्रतिनिधि तथा प्रशासनसँग निरन्तर समन्वय भइरहेको छ। प्रभावित क्षेत्रको वास्तविक अवस्था, क्षतिको विवरण तथा तत्काल आवश्यक राहत सामग्रीको पहिचान गरी सोही आधारमा राहत सहयोग परिचालन गर्ने तयारी गरिएको हो।
६ करोड २१ लाख ९४ हजार ५१५ रुपैयाँ संकलन
गत भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड ३५ लाख ३६ हजार २२६ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल ६ करोड ३१ लाख १४३ रुपैयाँ संकलन भएको छ।




