Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कञ्चनजंघा संरक्षण र बायोस्फियर रिजर्भबारे युनेस्को र कोशी सरकारबिच छलफल

कञ्चनजंघा संरक्षण र बायोस्फियर रिजर्भबारे युनेस्को र कोशी सरकारबिच छलफल

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । कञ्चनजंघा संरक्षण क्षेत्र (केसिए)को दिगो संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु उत्थानशील समुदाय निर्माणका विषयमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र कोशी प्रदेश सरकारबिच छलफल भएको छ।

    विराटनगरमा आयोजित भेटवार्तामा युनेस्कोका प्रतिनिधि तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबिच कञ्चनजंघा संरक्षण क्षेत्रमा हाल सञ्चालित तथा आगामी दिनमा अघि बढाउन लागिएका प्रस्तावित कार्यक्रमहरूबारे छलफल भएको हो।

    images

    भेटका क्रममा युनेस्कोको सहयोगमा सञ्चालित परियोजनाहरूबाट प्राप्त उपलब्धि, सिकाइ, जैविक विविधता संरक्षणमा पुगेको योगदान तथा स्थानीय समुदायको सक्रिय सहभागिताबारे समीक्षा गरिएको थियो। साथै, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्न ‘जलवायु उत्थानशील समुदाय निर्माण’ र प्रस्तावित ‘कञ्चनजंघा बायोस्फियर रिजर्भ इनिसिएटिभ’लाई अघि बढाउने विषयमा समेत दुई पक्षबिच कुराकानी भएको छ।

    त्यसैगरी, कञ्चनजंघा संरक्षण क्षेत्रमा हिमाली सम्पदा र जलवायु उत्थानशील समुदायका लागि सुशासन सम्बन्धी अध्ययन–अनुसन्धान तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनेबारे छलफल भएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार