काठमाडौँ । काली गण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको क्षतिग्रस्त बनेको छ। पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प भएको छ।
कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको पुलको पिल्लरनै बाढीले भत्काएको छ । एक महिना अगाडि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो । छेउको जमिन नदीले कटान गरेपछि त्रिपालले ढाकिएको थियो।
आइतबार बिहान भने आवत जावतनै ठप्प हुने गरी भत्किएको छ । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने यो पुल जोखिममा परेपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन्।
मालढुङ्गा पुल हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपाल चल्ने सवारी साधनसमेत प्रभावित बनेका छन्।



