Oct 28 2026 | २०८३ कार्तिक १२ गते

घरेलु मदिरा बनाउने १ हजार लिटर कच्चा पदार्थ नष्ट

घरेलु मदिरा बनाउने १ हजार लिटर कच्चा पदार्थ नष्ट

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने करिब १ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले शनिबार काठमाडौँ महानगरपालिका वडा नम्बर–७ कुमारीगालमा जस्ताको टहरामा मदिरा उत्पादन गरेको भेटिएपछि छापा मारेर कच्चा पदार्थ नष्ट गरेको हो।

    उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने करिब १ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए । कच्चा पदार्थ नष्ट गर्दा स्थानीय र जनप्रतिनिधिहरू पनि उपस्थित थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार