Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भारतका बाढीको वितण्डा : यूपीमा ६२ जनाको मृत्यु, केदारनाथ यात्रा स्थगित

भारतका बाढीको वितण्डा : यूपीमा ६२ जनाको मृत्यु, केदारनाथ यात्रा स्थगित

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढमा वर्षाका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।

    उत्तराखण्डका सबै जिल्लामा हिजोदेखि भारी वर्षा जारी छ । ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ।

    images

    उता, रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा करिब ४ हजार श्रद्धालु बाटोमै अलपत्र परेका छन्। मौसम थप प्रतिकूल बन्दै गएपछि प्रशासनले आजका लागि केदारनाथ यात्रामा रोक लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गरिएको छ।

    उत्तर प्रदेशको राजधानी लखनऊ, कानपुर, उन्नाव, बाराबंकी, अयोध्या र जौनपुरसहित ४५ वटा सहरमा पछिल्लो ७० घण्टादेखि निरन्तर वर्षा भइरहेको छ । ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाहुरी र वर्षाका कारण विगत दुई दिनमा ६२ जनाको ज्यान गइसकेको छ । राज्यका २२ जिल्लामा अचानक बाढी आउन सक्ने उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

    नेपालमा भएको वर्षाले बिहारका ६ हजार गाउँ डुबानमा

    बिहारमा चक्रवात ‘अर्नब’ को प्रभाव केही कमजोर भए पनि विगत ७२ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ। नेपालको तराई क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण गण्डक र कोशी नदीमा भीषण बाढी आएको छ, जसका कारण बिहारका १७ जिल्लाका करिब ६ हजार गाउँहरू टापुमा परिणत भएका छन् भने ५०० भन्दा बढी घरहरू बाढीको पानीले घेरिएका छन्।

    सुपौल जिल्लाका मात्रै ५० गाउँहरू पूर्ण रूपमा जलमग्न भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार