Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मोरङमा कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशन

मोरङमा कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशन

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्लामा पालिका तथा क्षेत्रीय अधिवेशनको प्रक्रिया धमाधम चलिरहेको छ। विभिन्न पालिका तथा निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी मनोनयन, मतदान र सहमतिको प्रयास जारी रहेको नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले जानकारी दिए।

    सभापति लिम्बूका अनुसार स्थानीय तह र वडाको अधिवेशन सम्पन्न भएका स्थानहरूमा क्षेत्रीय अधिवेशन अघि बढाइएको छ भने केही स्थानमा पालिका स्तरकै नेतृत्व चयन प्रक्रिया जारी छ। उनका अनुसार सुन्दरहरैँचा नगरपालिकामा आजै मतदान सम्पन्न भइसकेको छ। त्यहाँ मतगणनाको तयारी भइरहेको छ । यस्तै बुढीगंगा गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भइसकेको र भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ।

    images

    विराटनगर महानगरपालिकाको नेतृत्वका लागि आज बिहानदेखि मनोनयन प्रक्रिया सुरु भएको छ। विराटनगर महानगर क्षेत्र ३, ४ र ५ नम्बर निर्वाचन क्षेत्रमा बाँडिएकाले व्यवस्थापकीय सहजताका लागि महानगरको मतदान आगामी १३ गतेका लागि तोकिएको छ।

    कतिपय क्षेत्रमा आजैदेखि मनोनयन सुरु भए पनि अधिकांश क्षेत्रमा भोलिदेखि प्रक्रिया अघि बढ्नेछ। क्षेत्र नम्बर ४ लगायत तयारी पूरा भएका स्थानहरूमा प्रक्रिया अघि बढेको र वडा तथा पालिका तहको अधिवेशन टुंगिन बाँकी रहेका ठाउँहरूमा क्रमबद्ध रूपमा क्षेत्रीय प्रक्रिया सुरु गरिने सभापति लिम्बूले बताए।

    ‘पालिका र वडा तहबाटै प्रतिनिधिहरू क्षेत्रीय अधिवेशनमा सहभागी हुने भएकाले जहाँ अधिवेशन सम्पन्न भइसकेको छ, त्यहाँ क्षेत्रीय अधिवेशन सुरु हुँदै जानेछ,’ सभापति लिम्बूले भने, ‘केही स्थानमा सामान्य ढिलाइ भए पनि आगामी १३ गतेसम्ममा मोरङका सबै पालिका र क्षेत्रको अधिवेशन लगभग सम्पन्न भइसक्नेछ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार