Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ भनिएको भन्दै अभियन्ता सोडारीको आपत्ति

पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ भनिएको भन्दै अभियन्ता सोडारीको आपत्ति

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्ने  गलत प्रचार भएको भन्दै जेनजी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन्।

    सोडारीले आइतबार फेसबुकमार्फत कुनै पनि जेनजी अभियान, समूह वा व्यक्तिले जबरालाई धम्की, डर–त्रास वा सुरक्षा खतरा नदिएको दाबी गरेका छन् । जबरालाई कुनै व्यक्ति वा समूहबाट सुरक्षा थ्रेट प्राप्त भएको भए त्यसको तथ्य र प्रमाण सार्वजनिक गर्न उनले सम्बन्धित निकायसँग माग गरेका छन्।

    images

    उनले जेनजी आन्दोलनलाई अपराध, हिंसा वा धम्कीसँग जोडेर बदनाम गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्। राज्यका निकायबाट जेन्जीलाई आपराधिक गतिविधिसँग जोड्ने वातावरण बनाइनु गम्भीर विषय भएको उनको भनाइ छ।

    कसैलाई पक्राउ वा नियन्त्रणमा लिँदा त्यसको स्पष्ट कानुनी आधार, कारण र प्रमाण हुनुपर्ने उल्लेख गर्दै सोडारीले सुरक्षा संवेदनशीलताको नाममा अस्पष्ट आरोप लगाउने र नागरिकलाई जानकारीविहीन बनाउने कार्यले विधिको शासन र राज्यको जवाफदेहितामाथि प्रश्न उठाउने बताएका छन्।

    उनले नेपाल सरकार र नेपाल प्रहरीसँग ‘जेन्जीबाट सुरक्षा थ्रेट’ भनिएको भए त्यसको आधार र प्रमाण सार्वजनिक गर्न माग गरेका छन् । जेन्जीको नाममा आरोप लगाइएको भए तथ्यसहित स्पष्ट पार्न र अन्यथा जेन्जी आन्दोलनलाई बदनाम गर्ने आधारहीन प्रचार बन्द गर्न पनि उनले आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार