Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पर्वतमा कालीगण्डकीले ६६ घर बगायो, २३ घर उच्च जोखिममा

पर्वतमा कालीगण्डकीले ६६ घर बगायो, २३ घर उच्च जोखिममा

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्।

    सशस्त्र प्रहरी बल नेपालका अनुसार उच्च जोखिममा रहेका घरमा बस्न सक्ने अवस्था नरहेकाले त्यहाँ रहेका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।

    images

    घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वतसहित अन्य सुरक्षा निकायको टोली उद्धार तथा व्यवस्थापनमा निरन्तर खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार