Oct 28 2026 | २०८३ कार्तिक १२ गते

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, चार जनाको उद्धार

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, चार जनाको उद्धार

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने परिवारका अन्य चार जनाको सकुशल उद्धार गरिएको छ।

    आइतबार बिहान सवा ९ बजे मिथिला नगरपालिका–११ आँपगाछीमा राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    images

    घर पुरिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरिएको प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

    खोज तथा उद्धारका क्रममा बिहान ११ बजे राजनकी श्रीमती ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको थियो। उनको शव सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

    मधेश प्रदेशमा पछिल्लो दुई दिनदेखि लगातार वर्षा भइरहेको भए पनि आइतबार दिउँसो १२ बजेपछि मौसम सामान्य भएको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार