Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ। 

    निरन्तरको वर्षासँगै आइतबार गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।

    images

    वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुङ्गे पुलमा लगातार नदीको बहावले प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सडक भासिएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए।

    सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द रहेको छ। नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासको क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार