Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।

    images

    महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार ६५५ रुपैयाँ पुगेको छ।

    १० ग्राम चाँदीको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा निर्धारण भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार