काठमाडौँ । अविरल वर्षासँगै विभिन्न जिल्लामा बाढीको अति उच्च जोखिम रहेको छ । मुस्ताङ, मनाङ, कास्की, लमजुङ, बागलुङ, चितवन, म्याग्दी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासीसहितका जिल्ला भई बहने साना ठुला नदीहरूमा बाढीको अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा उल्लेख छ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाको भनाइ छ।
महाशाखाले आइतबार नारायणी जलाधारका देवघाट, बेत्रावती, आरुघाट, भकुण्डेबेसी, मर्स्याङ्दी–विमलनगरसहितका क्षेत्रमा बाढी उल्लेख्य बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ।





