Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपराध अनुसन्धान कार्यालयका एसएसपी भन्छन्, ‘जबरालाई राति नै आक्रमण हुनसक्ने सूचना आयो’

अपराध अनुसन्धान कार्यालयका एसएसपी भन्छन्, ‘जबरालाई राति नै आक्रमण हुनसक्ने सूचना आयो’

आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गएराति प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी नेतृत्वको टोलीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको हो।

    जबरालाई ‘आक्रमण हुनसक्ने’ सूचना आएपछि सुरक्षाको लागी प्रहरी कार्यालयमा ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए।

    images

    प्रहरी स्रोतले उनीबिरुद्ध उजुरी परेको बताए पनि खड्काले पूर्व प्रधानन्यायाधीशविरुद्ध कुनै उजुरी नपरेको दाबी गरेका छन् । खड्काले भने, ‘जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने सुरक्षा विश्लेषणपछि हामीले सुरक्षाको लागी प्रहरीकहाँ ल्याएका हौँ।’

    उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । उनीबिरुद्धको महाअभियोग पारित भएन । तर, महाअभियोग दर्ता भएपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन्।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले पनि जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षाको लागि प्रहरी कार्यालयमा ल्याइएको दाबी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार