Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बल्खुमा युवकमाथि विभत्स तरिकाले खुकुरी प्रहार गरेको घटना गुपचुप

बल्खुमा युवकमाथि विभत्स तरिकाले खुकुरी प्रहार गरेको घटना गुपचुप

शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बर्नहाट नजिकै एकजना युवकमाथि खुकुरी प्रहार भएको पाइएको छ । असोज ५ गते मध्यराति ९ बजेतिर ३४ वर्षीय सुमन लामामाथि खुकुरी प्रहार भएको घटना सार्वजनिक भएको हो । सुरुमा बर्नहाट कलेज पछाडिको गल्लीमा विभत्स तरिकाले खुकुरी प्रहार गरेको घटना गुपचुप राखिएको खुलेको छ।

    काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भएर बल्खुमा बस्दै आएका लामाको दुवै खुट्टाको घुँडा र दायाँ हातको कुममा खुकुरीको गहिरो चोट लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटना भएको ५ दिनसम्म पनि शंकितहरू पक्राउ परेका छैनन्।

    images

    युवकको ज्यान लिने उद्देश्यले एक्कासि खुकुरी प्रहार गरेर आरोपीहरू कलंकीतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको तर ‘अलिअलि बोल्न सक्ने’ अवस्थामा छन्।

    घटनाको जानकारी भएसँगै खुकुरी प्रहारको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । उनले भने, ‘सीसीटीभी फुटेज विश्लेषण र अन्य विधिहरू प्रयोग गरेर त्यसबारे अनुसन्धान भइरहेको छ।’

    केन्द्रीय कारागारमा लागुऔषध मुद्दामा जेल बसेर छुटेका लामा बल्खुबाट हेटौँडातर्फ जाने गाडीमा यात्रु संकलन गरेर पठाउने काम गर्दै आएका थिए । उनीसँगै यात्रु संकलन गर्ने अन्य व्यक्तिहरूसँग विवाद भएपछि खुकुरी प्रहार भएको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्न आशंकामा केही व्यक्तिमाथि सोधपुछ भइरहेको एसएसपी खड्काले जानकारी दिए।

    आक्रमणको मुख्य कारण अझै खुल्न नसकेको र खुकुरी प्रहार गरी कलंकीतर्फ भाग्ने मुख्य व्यक्तिको खोजी कार्य तीव्र पारिएको एसएसपी खड्काले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार