Oct 28 2026 | २०८३ कार्तिक १२ गते

काठमाडौं भित्रिन त्रिभुवन राजपथको पालुङ खण्ड र बाहिरिन फर्पिङ-फाखेल सडक खुला

काठमाडौं भित्रिन त्रिभुवन राजपथको पालुङ खण्ड र बाहिरिन फर्पिङ-फाखेल सडक खुला

शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा भित्रिने एकमात्र नाका त्रिभुवन राजपथको हेटौंडा-पालुङ-नौबिसे खण्ड चालु छ। बाहिरिनका लागि हालसम्म फर्पिङ-फाखेल-भीमफेदी सडक सुचारु रहेको उपत्यका ट्राफिकले जनाएको छ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौंबाट बाहिरिनका लागि हालसम्म प्रयोगमा रहेको फाखेल खण्डमा क्रमशः जोखिम बढिरहेका कारण यात्रामा निश्चिन्त नहुन अनुरोध गरेका छन्।

    images

    भित्रिने सडकका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथबाट बाटोमा फसेका यात्रु तथा सवारी साधन, अत्यावश्यक सामाग्रीको आयात सुचारु राख्नुपर्ने अवस्था छ । त्यसैले उक्त सडकलाई एकतर्फी (आउने) बनाइएको हो।

    यी दुई बाहेक काठमाडौं भित्रिने र बाहिरिने सबै सडक बन्द छन् । अति जरुरीबाहेक लामो दूरीको यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार