Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् : प्रधानमन्त्री बालेन

भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् : प्रधानमन्त्री बालेन

शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको बढ्दो जोखिमबारे विश्वको ध्यानाकर्षण गराएका छन्।

    महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट भएको ठूलो जनधनको क्षति प्रस्तुत गर्दै जलवायु परिवर्तनबाट कम योगदान गर्ने नेपालजस्ता मुलुकले असमान रूपमा क्षति व्यहोर्नुपरेको बताए। उनले नेपालका लागि जलवायु न्याय आवश्यक रहेकोमा जोड दिए।

    images

    शाहले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण, प्रभावित मुलुकलाई पर्याप्त सहयोग तथा दीर्घकालीन प्रतिरोध क्षमता निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

    सम्बोधनको अन्त्यमा भने प्रधानमन्त्री शाहले नेपाली भाषामै विश्वशान्तिको कामना गरे। उनले भने, “भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।”

    नेपाली भाषामा गरिएको उक्त समापनसँगै प्रधानमन्त्री शाहले आफ्नो पहिलो संयुक्त राष्ट्रसंघीय महासभा सम्बोधन टुंग्याएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार