Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउन ‘केही नेपाल ऐन’ संशोधन गरिँदै

विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउन ‘केही नेपाल ऐन’ संशोधन गरिँदै

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ। सरकारले विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘केही नेपाल ऐन’ संशोधन गर्ने भएको छ । यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ।

    गम्भीर प्रकृतिका विपद्‌बाट उत्पन्न हुने मानवीय क्षति र राहतसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न यो विधेयक ल्याइएको हो । विधेयकमा विशेष गरी गम्भीर प्रकृतिको विपद्‌बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था समेटिएको छ।

    images

    त्यसैगरी, विपद्‌मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत तथा बेपत्ता भएका व्यक्ति लामो समयसम्म फेला नपरेको अवस्थामा मृत्युको न्यायिक घोषणालगायतका महत्त्वपूर्ण कानुनी व्यवस्थाहरूका लागि यो विधेयक तयार पारिएको गृह मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले हाल उक्त विधेयकका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सार्वजनिक सूचना प्रकाशित गरी सर्वसाधारण तथा सरोकारवालाहरूको राय/सुझाव माग गरेको छ।

    सूचना प्रकाशन भएको सात दिनभित्र मन्त्रालयको इमेल ठेगाना [email protected] मा आफ्नो सुझाव पठाउन आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार