Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द

आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातको समयमा पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो।

    बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

    images

    जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । बाढी, पहिरो र डुबान जस्ता जोखिम उत्पन्न हुन सक्ने भएकाले यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न रातको समयमा राजमार्ग बन्द गरिएको धादिङका प्रजिअ लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन्।

    जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।  साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ।

    ddd

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार