Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बिहीबारको सेयर बजार : १७६ कम्पनीको सेयर मूल्य बढ्यो, ५.४४ अर्बको कारोबार

बिहीबारको सेयर बजार : १७६ कम्पनीको सेयर मूल्य बढ्यो, ५.४४ अर्बको कारोबार

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ। बिहीबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक ११.७७ अङ्कले वृद्धि भई २६२९.८१ को बिन्दुमा पुगेको छ।

    आजको बजारमा कारोबार रकम सामान्य देखिएको छ । दिनभरिमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरिमा १ करोड ७२ लाख कित्ता सेयर किनबेच भएका छन्।

    images

    आजको बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दा कुल १७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

    आजको बजारमा नेपाल ल्युब आयल सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ। त्यसैगरी, सोनापुर मिनरल्स, कुमारी सबल योजना, घोराही सिमेन्ट र सीवाईसी नेपाल लघुवित्त लगायतका कम्पनीहरू पनि सर्वाधिक कमाउनेको सूचीमा छन्।

    कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार