Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एमालेमा विद्या भण्डारी फर्केपछि घट्यो बादलको वरीयताक्रम

एमालेमा विद्या भण्डारी फर्केपछि घट्यो बादलको वरीयताक्रम

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को वरीयताक्रम घटेको छ । पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहेका बादल तेस्रोमा पुगेका हुन्।

    बिहीबार बसेको एमाले सचिवालय बैठकले विद्यालाई पार्टीको वरिष्ठ सम्मानित नेता बनाउने प्रस्ताव गरेको थियो । लगत्तै बिहीबार नै बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

    images

    बादल पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका हुन् । तत्कालीन अवस्थामा एमाले र माओवादी मिलेर नेकपा बने पनि पछि एमाले र माओवादी अलग भएपछि बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतका नेता एमालेतिर बसेका थिए।

    एमालेमा सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार