Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेशनल मेडिकल कलेजमा पठनपाठनको वातावरण बनाउन आग्रह

नेशनल मेडिकल कलेजमा पठनपाठनको वातावरण बनाउन आग्रह

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई सहज रूपमा पठनपाठनको वातावरण बनाउन आग्रह गरेको छ।

    त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डिन प्रा.डा.मोहनराज शर्माले बिहीबार नेशनल मेडिकल कलेजलाई पत्र पठाउँदै वर्तमान समस्यालाई मध्यनजर गर्दै सहज रूपमा पठनपाठनको वातावरण सृजना गर्न आग्रह गरेका हुन्।

    images

    संस्थानका सूचना अधिकारी निर्मल मिश्रले आईओएमले कलेजलाई पठाएको पत्र चिकित्सा शिक्षा आयोग र त्रिवि उपकुलपतिलाई बोधार्थ उपलब्ध गराइएको बताए।

    वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षणिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकहरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगन गरेको जनाएको छ। कलेज प्रशासनले बिहीबार सूचना जारी गर्दै सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगन गरिएको जानकारी दिएको हो।

    सो कलेजले हालको शैक्षिक तथा संस्थागत स्थितिलाई दृष्टिगत गरी यी चिकित्सकहरूलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानसँग औपचारिक अनुरोध गरिसकिएको समेत जनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि प्रथम वर्षका आवासीय चिकित्सकहरूको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी लगायतका सम्पूर्ण गतिविधिहरू तत्काल प्रभावबाट स्थगन रहने कलेजले स्पष्ट पारेको छ।

    कलेजका प्रधानाचार्य र होटल सुपरिटेन्डेन्टले बिहीबार जारी गरेको सूचनामा हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई दृष्टिगत गर्दै शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन चिकित्सा शाखा अध्ययन संस्थान (आईओएम) र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोध गरिएको छ।

    कलेजले अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका सबै पीजी आवासीय चिकित्सकको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड/इमर्जेन्सी ड्युटी तथा अन्य सबै प्रशिक्षण गतिविधि स्थगित रहने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार