Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एमाले स्थायी कमिटीमा काे–काे समेटिए ?

एमाले स्थायी कमिटीमा काे–काे समेटिए ?

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ। नेकपा एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।

    बिहीबार बसेको सचिवालय बैठकले पोखरेलसहित पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो।

    images

    सचिवालय बैठकलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले उनीहरू सबैको नाम अनुमोदन गरेको छ । बाँकी नाम अर्को बैठकले टुङ्ग्याउने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए। त्यस्तै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ । भण्डारीको वरीयता दोस्रो रहनेछ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार