Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ताप्लेजुङको दोभान बजारमा आगलागी

ताप्लेजुङको दोभान बजारमा आगलागी

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको ताप्लेजुङका डीएसपी कमल बजगाईंले रातोपाटीलाई बताए।

    आगो नियन्त्रण गर्न घटनास्थलमा सैनिक, प्रहरी र सशस्त्रका सुरक्षाकर्मी खटिएका छन् । घटनास्थलमा दुई वटा दमकल पनि पुगेको डीएसपी बजगाईंले जानकारी दिए । बाक्लो घरहरूमा आगो फैलिरहेको छ । आगलागी नियन्त्रणमा लिन जिल्लाबाट पनि थप प्रहरी परिचालन गरिएको छ । आगलागीको कारण र क्षतिको विवरण आएको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार