Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एमालेले ओलीको प्रतिवेदनको भाव तल्लो तहमा सम्प्रेषण गर्ने

एमालेले ओलीको प्रतिवेदनको भाव तल्लो तहमा सम्प्रेषण गर्ने

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट पारित राजनीतिक प्रतिवेदन पार्टीभित्र एकरूपताका साथ बुझ्दै त्यसको भाव र सन्देश तल्लो तहसम्म सम्प्रेषण गर्ने भएको छ। 

    बिहीबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको भन्दै उक्त भावलाई पार्टीका तल्ला तहसम्म पुर्‍याउनुपर्नेमा बैठकमा जोड दिइएको बताए।

    images

    ‘अध्यक्षको प्रतिवेदनले एकताको भाव पैदा गरेको छ। त्यसलाई कसरी तलसम्म सम्प्रेषण गर्छौँ भन्ने विषयमा जोड दिइयो,’ भट्टले भने, ‘एकरूपतामा अध्यक्षको प्रतिवेदनलाई बुझ्ने र तलसम्म सम्प्रेषण गर्ने विषयमा छलफल भयो।’

    सचिवालय बैठकमा केन्द्रीय सदस्य मनोनयनका विषयमा समेत छलफल भएको भट्टले जानकारी दिए । पार्टी एकताबाट एमालेमा आएका नेताहरूलाई केन्द्रीय कमिटीमा समेट्ने विषयमा पनि छलफल भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार