Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा मानव कङ्कालसहित दुई जना पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा मानव कङ्कालसहित दुई जना पक्राउ

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । झापामा अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले मानव कङ्कालसहित दुई जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

    ललितपुर जिल्ला साविक मनिखेल हाल महाङ्काल गाउँपालिका वडा नम्बर १ स्थायी वतन भएका दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टाबाट हराई बेपत्ता भएका थिए। निजकी श्रीमती तुलसा बुढा बजगाईंले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

    images

    अनुसन्धानका क्रममा हराइरहेका बजगाईंसँगै हिँड्ने उनकै साथी म्याग्दी जिल्ला घर भई हाल झापा मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने ४५ वर्षीय शङ्कित राम भनिने गुप्त बहादुर सिंहसमेतलाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेको हो।

    निजले खुलाए अनुसार झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ भान्सा खोलास्थित जय प्रसाद तिवारीको जग्गामा राम भनिने गुप्त बहादुर सिंहले सञ्चालन गरेको बङ्गुर फर्मभित्र २०८३ असोज ७ गते उत्खनन गरिएको थियो। स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूको रोहबरमा जेसीबी प्रयोग गरी खन्दा मानव आकृति देखिने कङ्काल फेला परेको र परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाइएको प्रहरीले जनाएको छ।

    उक्त कङ्काल निवेदक तुलसा बुढा बजगाईंको हराइरहेका श्रीमान् दिलनाथ बजगाईंको हो वा होइन भन्ने यकिन गर्न शव परीक्षण पश्चात् नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया भइरहेको छ। 

    यस घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले म्याग्दी घर भई मेचीनगर वडा नम्बर १० बस्ने ४५ वर्षीय राम भनिने गुप्त बहादुर सिंह र भारतको आलेपुर निरपारा घर भई हाल मेचीनगर वडा नम्बर ८ बस्ने ४९ वर्षीय सञ्जय लामालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार