Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेशी भुक्तानी सेवा प्रदायकको प्रवेशले नयाँ अवसर सिर्जना गर्छ : सांसद बयक

विदेशी भुक्तानी सेवा प्रदायकको प्रवेशले नयाँ अवसर सिर्जना गर्छ : सांसद बयक

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताएका छन्।

    प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

    images

    छलफलका क्रममा उनले पुँजी पलायन, साइबर सुरक्षा र स्वदेशी कम्पनीको संरक्षणमा सरकार थप सजग हुनुपर्नेमा जोड दिए। सांसद बयकले विश्वव्यापी रूपमा फैलिएको आर्थिक सञ्जाल र डिजिटल भुक्तानीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै विधेयकले विदेशी सेवा प्रदायकलाई बजारमा प्रवेश गराउने प्रावधान ल्याउनु सकारात्मक कदम भएको उल्लेख गरे। यसले प्रविधि हस्तान्तरण र बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा उनले व्यक्त गरे।

    छलफलका क्रममा उनले विधेयकका केही प्राविधिक पक्षहरूमा गम्भीर प्रश्न उठाउँदै विशेष गरी विदेशी कम्पनीहरूले आर्जन गर्ने मुनाफा फिर्ता लैजाँदा मुलुकको विदेशी विनिमय सञ्चितिमा पर्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गरे।

    सांसद बयकले साइबर सुरक्षा र डेटा गोपनीयताको मुद्दालाई प्राथमिकताका साथ उठाए। बढ्दो डिजिटल वित्तीय अपराधलाई रोक्न कडा कानुनी प्रावधान आवश्यक रहेको औँल्याउँदै उनले स्वदेशी कम्पनीहरूलाई विदेशी दिग्गजहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन सरकारले संरक्षणमुखी नीति लिनुपर्ने आवश्यकतामा जोड दिए।

    उनले ई-कमर्स र पर्यटन प्रवर्द्धनका लागि यो विधेयक कोशेढुङ्गा साबित हुन सक्ने भए पनि आन्तरिक अर्थतन्त्रको सुरक्षा र स्वदेशी पुँजीको संरक्षणलाई नजरअन्दाज गर्न नहुने स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार