Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई

मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको जानकारी संसद्लाई गराइएको छ।

    प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएको दैनिक प्रशासनिक कार्यहरू अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोक्नुभएको प्रतिनिधि सभाको बुधवारको बैठकमा जानकारी गराइएको हो।

    images

    सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गरिने काम कारबाहीबारे जानकारी गराइएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार