Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जलविद्युत आयोजनामा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ : ऊर्जामन्त्री श्रेष्ठ

जलविद्युत आयोजनामा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ : ऊर्जामन्त्री श्रेष्ठ

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले गत भदौ १० गते भोटेकोशी बाढीबाट जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरिएको बताएका छन्।

    बुधवार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयका कामकारबाही र भोटेकोशी बाढीले जलविद्युत क्षेत्रमा पारेको क्षतिको जानकारी गराउँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले क्षतिग्रस्त जलविद्युत आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको खोज तथा उद्धारमा निरन्तर लागेको बताए । उनले भने,‘ हामीले हार मानेका छैनौँ । सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ।’

    images

    मन्त्री श्रेष्ठले खोज तथा उद्धार अन्तिम सम्भावनासम्म निरन्तरता दिइरहेको जानकारी दिए । उनले सरकारको पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु भएको दाबी गरे।

    उनले भने, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनर्स्थापना गर्नु र क्षतिग्रस्त विद्युत्, सडक, पुललगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु पनि राज्यको दायित्व हो । त्यसमा सरकार लागि रहेका छ।’

    सरकारले बाढी पीडित जनतालाई पुनः सामान्य दैनिकीमा फर्काउने प्रयास जारी रहेको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार