काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपाल भोटेकोशी बाढी प्रभावित जिल्लाको अवलाेकनमा निस्किएका छन् । विनाशकारी बाढी आएको २१ दिनपछि नेपाल नेतृत्वको टोली प्रभावित क्षेत्रको अवलाेकनमा निस्किएका हुन्।
भोटेकोशी बाढीबाट पीडितहरूलाई राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अवलाेकनमा प्रभावित क्षेत्रमा गएको प्रवक्ता प्रकाश ज्वालाले बताए । धादिङको गल्छी, महेश दोभानमा अनुगमनपछि टोली अहिले नुवाकोटतर्फ गएको छ। बेत्रावतीसम्म पुगेर टोली काठमाडौँ फर्किन ज्वालाले जानकारी दिए।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिम पहिरो सहित आएको विनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लामा ठुलो जनधनको क्षति भएको थियो । नेपालको टोलीमा प्रवक्ता ज्वाला, पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे लगायत नेताहरू सहभागी छन् । यसअघि पूर्वप्रधानमन्त्री एवं संयोजक पुष्पकमल दाहाल प्रचण्ड बाढी प्रभावित क्षेत्रमा गएका थिए।



