Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पत्रकार सडकमै उत्रिनुपर्ने अवस्था आउनु दुःखद् : सांसद पन्त

पत्रकार सडकमै उत्रिनुपर्ने अवस्था आउनु दुःखद् : सांसद पन्त

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद (हरि) पन्तले सरकारका पछिल्ला निर्णयहरू विरुद्ध सञ्चारकर्मीहरू आन्दोलित हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद् भएको बताएका छन्।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले नेपाल पत्रकार महासंघ लगायत सञ्चार सम्बद्ध संस्थाहरूले उठाएका मागहरूलाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराएका हुन् । मुलुकको चौथो अङ्गका रूपमा रहेका पत्रकारहरू आफ्ना पेसागत हकहितका लागि सडकमै उत्रिनुपर्ने बाध्यता आउनु लोकतन्त्रका लागि शुभ सङ्केत नभएको उनको भनाइ थियो।

    images

    स्वतन्त्र प्रेसलाई कमजोर बनाउने किसिमका गतिविधि तत्काल बन्द गर्नुपर्नेमा जोड दिँदै पन्तले आन्दोलित नेपाल पत्रकार महासंघ लगायत सञ्चार संस्थाहरूसँग अविलम्ब संवाद गरी उनीहरूको जायज मागहरू यथाशीघ्र सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार