Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। केहीबेरपछि सुरु हुने बैठकमा ‘विद्यमान कार्यभार र कार्यतालिका सम्बन्धमा’ छलफल गर्ने भनिएको छ। प्रतिनिधिसभाले आफ्नो संसदीय क्यालेन्डर बनाएको छ । त्यसमा हेरफेर गर्नेबारे छलफल गर्न लागिएको हो।

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम छ।

    images

    प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका छन् । कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाएका छन्।

    यसका साथै आजको बैठकमा पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले  फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ।

    यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    अर्थमन्त्री वाग्लेलेले नै भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार