Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । झापा जिल्लामा सवारी दुर्घटनाको वार्षिक तथ्याङ्क बढ्दो रहेको पाइएको छ।

    गत साउनको तुलनामा भदौ महिनामा सवारी दुर्घटनाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउनमा ३९ वटा सवारी दुर्घटना भएकामा भदौमा बढेर ८८ पुगेको हो। दुर्घटनामा परी साउनमा १२ जनाको मृत्यु भएकामा भदौमा चार जनाले ज्यान गुमाएका छन्।

    images

    साउनमा ४० जना घाइते भएकामा भदौमा उक्त सङ्ख्या १३५ पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। प्रहरीको तथ्याङ्कअनुसार दुवै महिनामा दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ। साउनमा भएका ३९ दुर्घटनामध्ये ३० र भदौमा भएका ८८ मध्ये ७८ दुर्घटना चालकको लापरबाहीका कारण भएका थिए।

    यात्रुको हेलचेक्र्याइँ, सडकको अवस्था, सवारीसाधन र चौपायाका कारण पनि दुर्घटना भएका थिए। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले भदौमा ९५६ सवारी जाँच गर्दा दुई हजार २३२ सवारीसाधन कारबाहीमा परेकामा त्यसबाट रु २३ लाख सात हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार