काठमाडौँ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय चलिरहेको बेलामा नियमापत्तिमाथि नियमापत्ति भएको छ।
विशेष समयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले धारणा राखे । उनले नेपालको न्यायालयले दुई तिहाइको सरकारलाई काम गर्न नदिएको बताए।
सुधारका काम गर्ने सरकारको प्रयासमा अदालतले ब्रेक लगाएकाले अदालतले परिवर्तनलाई आत्मसाथ नगरेको बताए। ट्रेड युनियन, क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनलाई कानुन बनाएर हटाउन खोज्दा अदालतले रोकेको उनको भनाइ थियो।
त्यसमा एमाले सांसद गुरु बरालले नियमापत्ति जनाए । उनले न्यायालयको काममाथि प्रश्न उठाउन नपाइने बताउँदै यो न्यौपानेको अदालतलाई आक्षेप लगाएको विषय रेकर्डबाट हटाउन माग गरे।
त्यसपछि न्यौपानेले बराको भनाइमा पुन नियमापत्ति गरे । उनले भने, ‘विपक्षीलाई अदालत पाल्न परेको छ । अनि किन नियमापत्ति गर्नुहुन्न त?



