Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आरेन राईले सरकारलाई भने – युवा पुस्तामा बढ्दै गएको निराशाबारे गम्भीर बन्नुस्

आरेन राईले सरकारलाई भने – युवा पुस्तामा बढ्दै गएको निराशाबारे गम्भीर बन्नुस्

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले युवा पुस्तामा बढ्दै गएको निराशाले देशभर ‘आत्मदाह’ का घटना बढेको भन्दै गम्भीर बन्न सरकारलाई सुझाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समयमा र्सांसद राईले युवा पुस्तामा बढ्दै गएको निराशा र त्यसले निम्त्याएको दुखद परिस्थितिबारे पनि सरकारको ध्यानाकर्षण गराए।

    सांसद राईले हालै त्रिपुरेश्वरमा बसभित्रै एक युवाले गरेको आत्मदाहको घटनालाई स्मरण गराउँदै देशमा घट्ने दिनप्रतिदिनका यस्ता आत्मदाहका घटनाले आम नागरिकमा निराशा पैदा गरेको बताए। उनले भने, ‘केही महिना अगाडि र पछिल्लो पटक भएका यस्ता घटनाहरूले सिङ्गो देशको मनोदशालाई प्रतिबिम्बित गरिरहेका छन्।’

    images

    सांसद राईले उभविष्य कोर्नका लागि आन्दोलन गरेका युवामा निराशा किन भन्दै प्रश्न गरे । उनले प्रश्न गर्दै भने, ‘जसले नयाँ भविष्य कोर्नका लागि यत्रो आन्दोलन गर्‍यो, आज त्यही युवा पुस्ता किन यति धेरै निराश छ ?’ उनले सरकारले ६ महिनाको मात्र होइन, अझ लामो समयदेखिको निराशाको कारण खोजी गर्नुपर्ने बताए।

    उनले यातायात चालक, सवारी साधनका श्रमिक र सर्वसाधारणमा देखिएको यस्तो चरम निराशाका लागि राज्य नै जिम्मेवार भएको आरोप लगाए। ‘सरकारले के गरिरहेको छ ? के राज्य केवल हेर्ने मात्रै हो ?’ राईले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार