Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढीले क्षतिग्रस्त धादिङका ७ झोलुङ्गे पुलको पुनर्निर्माण सुरू

बाढीले क्षतिग्रस्त धादिङका ७ झोलुङ्गे पुलको पुनर्निर्माण सुरू

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेका धादिङका विभिन्न स्थानका झोलुङ्गे पुलहरूको पुनर्निर्माण तथा मर्मत कार्य द्रुत गतिमा अघि बढाइएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार स्थानीयको आवतजावतलाई सहज बनाउन र नदी वारिपारिको सम्पर्क पुनः जोड्न द्रुत गतिमा काम भइरहेको छ।

    images


    बाढीले पुर्‍याएको क्षतिपछि भौतिक पूर्वाधार मन्त्रालयको प्रत्यक्ष निगरानीमा धादिङभित्र र धादिङलाई छिमेकी जिल्लाहरूसँग जोड्ने प्रमुख झोलुङ्गे पुलहरूको मर्मत भइरहेको छ। मर्मत कार्य जारी रहेका धादिङका मुख्य झोलुङ्गे पुलहरूमा:


    कालिकास्थान झोलुङ्गे पुल (सिद्धलेक–६ र गजुरी–१)
    मालिङ्गा–मझुवाटार दोभान पुल (सिद्धलेक–३ र बेनीघाट रोराङ–३)
    महेशदोभान मास्टर पुल (गल्छी–१ र गल्छी–६)
    चिरौँदी खोला झोलुङ्गे पुल (गल्छी–२ र गल्छी–४)
    शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल (गल्छी–२ र गल्छी–४)
    बेल्खु–भुतिया झोलुङ्गे पुल (गल्छी–२ र गल्छी–४)
    महादेवस्थान झोलुङ्गे पुल (गल्छी–२ र गल्छी–४)


    यसका साथै धादिङलाई नुवाकोटसँग जोड्ने केउरेनी–गहते र फोस्रेटार पुल तथा गोरखासँग जोड्ने बाँदरे र धवादीघाट झोलुङ्गे पुलको समेत मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।


    पुलको लठ्ठा, जाली तथा अन्य प्राविधिक कामहरू पूरा गरी आगामी असोज २० (अक्टोबर ६) भित्र प्रभावित क्षेत्रका सबै मर्मतयोग्य पुलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। पूर्ण रूपमा क्षति भएका पुलहरूको भने नयाँ डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी बोलपत्र प्रक्रियामार्फत स्थायी पुनर्निर्माण अघि बढाइने मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार