Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । यस्तै चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ।

    सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको हो।

    images

    त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ६० हजार ५४५ रुपैयाँ रहेकामा मंगलबार २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ।

    यसैगरी सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ४ हजार ७७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

    १० ग्राम चाँदीको मूल्य भने सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार