Oct 29 2026 | २०८३ कार्तिक १३ गते

२० औं एसियन गेम्स :नेपाल पाकिस्तानसँग पराजित

२० औं एसियन गेम्स :नेपाल पाकिस्तानसँग पराजित

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं ।  २० औं एसियन गेम्स २०२६ अन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।  यो नेपालको लगातार दोस्रो हार हो ।

    जापानको टोकाइ सिटिजन जिम्नेसियममा भएको समूह ‘बी’को खेलमा नेपाल पाकिस्तानसँग ५८–४३ ले पराजित भएको हो । पहिलो हाफ नेपालले १७–३० ले गुमाएको थियो । दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि परेको हो ।

    images

    नेपालले रेड र ट्याकलबाट २८,बोनसबाट ११, अलआउट र सुपर ट्याकलबाट समान दुई अंक जोड्यो । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो । 

    नेपालले आज नै तेस्रो खेल इरानसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार