Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कर्ण थापा र ठाकुर गैरेले गरे ओलीको कार्यशैलीको आलोचना

कर्ण थापा र ठाकुर गैरेले गरे ओलीको कार्यशैलीको आलोचना

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठेको छ।

    ललितपुरको भानिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा मंगलबार जारी बैठकमा धारणा राख्ने क्रममा एमाले केन्द्रीय सदस्य कर्ण थापा र ठाकुर गैरेले सामान्यतया यसअघि केन्द्रीय कमिटी बैठकको सञ्चालन महासचिवले गर्दै आएकोमा यसपटक अध्यक्ष आफैँले गरेको भन्दै विगतको प्रचलन भुलेको बताए।

    images

    ‘नेकपा एमाले सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्छ । सामूहिक नेतृत्व प्रणालीमा कामको पनि विभाजन हुन्छ । तर हाम्रो अध्यक्ष यो पटक आफैँ बैठक सञ्चालन गरिरहनुभएको छ’, नेता थापाले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यति धेरै नेताहरू मञ्चमा हुनुहुन्छ, कम्तीमा महासचिवलाई बैठक सञ्चालन गर्न दिँदा राम्रो हुन्थ्यो कि?’

    विगतमा एमाले बैठकको सञ्चालन महासचिवले गर्ने र अध्यक्षता अध्यक्षले गर्ने प्रचलन रहँदै आएको थियो । अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पनि अध्यक्ष आफैँले बैठक सञ्चालन गर्नुपर्ने बाध्यता के आइलाग्यो ? भन्दै प्रश्न गरेका छन्।

    यसअघि हिजो बैठकको उद्घाटनकै दिन नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष ओली आफैँले बैठक सञ्चालन गरेकोमा प्रश्न उठाएका थिए । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि दोस्रो दिनको बैठकमा सुरुमै धारणा राखेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार