काठमाडौँ । धादिङमा नेपाली कांग्रेसको वडा अधिवेशनबाट २१ वर्षीय युवा जेनजी नवीन राज ढुंगाना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।
नीलकण्ठ नगरपालिका–५ का ढुंगाना विद्यार्थी राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसमा युवा पुस्ताको सहभागिताको बहस हुँदै आएकामा २१ वर्षीय ढुंगाना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्।
धादिङका अधिकांश वडामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ।



