Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । चीन सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई रु एक करोड १० लाख प्रदान गरेको छ।

    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

    images

    त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबिच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

    राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार