Oct 29 2026 | २०८३ कार्तिक १३ गते

देउवा समूहको ओखलढुङ्गा संयोजकको जिम्मेवारी राजभण्डारीलाई

देउवा समूहको ओखलढुङ्गा संयोजकको जिम्मेवारी राजभण्डारीलाई

सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ। डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिको ओखलढुङ्गा जिल्ला संयोजकमा बालगोविन्द राजभण्डारी चयन भएका छन्।

    कांग्रेसका पुराना नेता राजभण्डारीलाई संयोजक डा. कोइरालाले सोमबार १५औँ महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन्।

    images

    केन्द्रीय प्रतिनिधि गोमा केसीको सिफारिसमा डा. कोइरालाले संयोजकको जिम्मेवारी दिएका हुन्। विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अन्तरगत वडा अधिवेशन सुरु गर्दा डा. कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तीव्र पारेको हो।

    सोही क्रम अन्तरगत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्ने गरी  नेताहरूलाई जिम्मा दिइएको छ। शेरबहादुर देउवा समूहले मंसिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरी यही असोज १५ गते वडा अधिवेशनको तयारी गरेको छ।

    k

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार