Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सोमवार, आश्विन ५ २०८३
  • काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन्।

    गृह जिल्ला सप्तरी पुगेका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो गरेपछि उनले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका हुन्।

    images

    तीन वटै सडक रु ७३ करोडमा निर्माण गर्ने गरी सम्झौता भए पनि पाँच वर्षमा रु ३० करोड बराबरको मात्र काम भएपछि यसअघिका ठेक्का रद्द गरिएको थियो। अब नयाँ ठेक्कामार्फत निर्माण कार्य अघि बढाउने तयारी भइरहेको मन्त्री यादवले बताए।

    नयाँ सम्झौतापछि १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था गरिने उहाँले बताउनुभयो। चाडपर्व नजिकिएकाले तत्काल सर्वसाधारणको आवतजावत सहज बनाउन तथा धुलो नियन्त्रण गर्न सडकमा प्राइम छर्किने व्यवस्था मिलाइने उनको भनाइ छ।

    तीन वटै सडकको ठेक्का रद्द भएपछि निर्माण कार्य अलपत्र परेको अवस्थामा नयाँ ठेक्कामार्फत काम अघि बढ्ने भएपछि स्थानीयमा आशा बढेको कङ्कालिनीकी सुशीला यादवले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार