Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आशिकाको प्रश्न– सय वर्ष पुराना थोत्रा गाडीबाट जनताले कहिलेसम्म सास फेर्न पाउँछन् ?

आशिकाको प्रश्न– सय वर्ष पुराना थोत्रा गाडीबाट जनताले कहिलेसम्म सास फेर्न पाउँछन् ?

सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सडकमा गुड्ने पुराना सवारी साधनहरूले निम्त्याएको प्रदूषण र यसप्रति सरकारको उदासीनतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा सांसद तामाङले सवारी साधनको आयु र तिनले फैलाएको प्रदूषण फैलाएकाे बताएकी हुन्।

    सांसद तामाङले भनिन्, ‘माथि आकाशमा सेतो बादल दौडिइरहँदा हामी जमिनमा भने कालो मुस्लो गाडीको धुवाँबाट निसास्सिएर कतिबेला छुटकारा पाउने भनेर आफ्नो गाडी ओभरटेक गर्न बाध्य छौँ।’ उनले सवारी साधनको अवस्थाबारे सरकारले कहिल्यै लेखाजोखा नगरेको आरोप लगाए।

    images

    सांसद तामाङले आफूले ३ महिनाअघि नै पूर्वाधार विकास मन्त्रालयमा यसबारे प्रश्न उठाएको स्मरण गराइन् । उनले भने, ‘त्यतिबेला मन्त्रीज्यूले कालो धुवाँ फाल्ने सवारी साधनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, तर कार्यान्वयन भने शून्य छ।’

    उनले थपे, ‘नियम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटीले जनता आजित भइसकेका छन्। पुराना गाडी विस्थापन गर्न सरकारसँग पर्याप्त साधन छैन भन्ने जवाफ आउँछ, तर यो बहाना मात्र हो।’

    सांसद तामाङले व्यङ्ग्य गर्दै भनिन्, ‘हामीलाई देश हाँक्न नयाँ नेता र मन्त्री त चाहिन्छ, तर गाडी चल्ने इन्जिन चाहिँ अझै उही १०० वर्ष पुराना थोत्रा नै छन्। यस्तो अवस्थामा जनताले कसरी स्वच्छ हावामा सास फेर्न पाउँछन् ? राज्यले पीडितको संरक्षण गर्दैछ कि प्रदूषण फैलाउनेहरूको?

    सांसद तामाङले तत्काल पुराना सवारी साधन विस्थापन गर्न र कडा अनुगमन गर्न सरकारलाई आग्रह गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार